आज राष्ट्रियसभाअन्तर्गतका दुई समिति बैठक बस्दै

काठमाण्डौँ - राष्ट्रिय सभा अन्तर्गतका दुई समितिका बैठकहरू बिहीबार बोलाइएको छ । दिगो विकास तथा सुशासन र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक संसद सचिवालय सिंहदरबारमा बोलाइएको हो ।

दिगो विकास तथा सुशासन समिति बैठकको दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा संकल्प प्रस्ताव कार्ययोजना अनुगमन उपसमितिबाट पेश भएको कार्यान्वयन कार्ययोजना, समितिको आर्थिक वर्ष २०८०र८१ को कार्ययोजनाका विषयमा छलफल हुनेछ ।

त्यस्तै, नीति अनुसन्धान प्रतिष्ठानबाट गरिएको दिगो विकास तथा सुशासन समितिको निर्देशन कार्यान्वयन अवस्थाको अध्ययन प्रतिवेदनका विषयमा पनि बैठकमा छलफल हुनेछ । राष्ट्रिय सभाकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक भने बिहान ११ बजेका लागि बोलाइएको छ । तर, त्यस बैठकको अजेन्डाका विषयमा संसद सचिवालयले केही खुलाएको छैन ।