ललितनिवास जग्गा प्रकरण : १७ जना धरौटीमा, दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ । आइतबार सर्वोच्च अदालतले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिइएको हो ।

अभियुक्त केशव दुलाल भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ । अभियुक्तमध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसित दुई करोड ४६ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।