ललिता निवास प्रकरणमा थुनछेक बहस सकियो, केहीबेरमा आदेश आउने

ललितानिवास जग्गा हिनामिना प्रकरणमा थुनछेक बहस सकिएको छ। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासमा थुनछेक बहस सकिएको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

थुनछेक बहस सकिएसँगै प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने विषयमा इजलासले आदेश दिनेछ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश ढकालको १३ नम्बर इजलासमा भएको सात दिन लामो बहस आज सकिएको हो।