सुनको मूल्यमा शुक्रबार पनि नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला ३९ सय रुपैयाँले बढेर १ लाख ८५ हजार रुपैयाँ पुगेको छ । जुन हालसम्मकै उच्च मूल्य हो ।
बिहीबार छापावाल सुन १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यता, शुक्रबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।