अर्घाखाँचीमा चट्याङ लागेर वृद्धको मृत्यु

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर एक वृद्धको मृत्यु भएको छ । भूमिकास्थान–१०, लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बेहोसी अवस्थामा रहेका घर्तीलाई उपचारका लागि अर्घाखाँची अस्पतालमा ल्याइएको थियो । अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रनाउ मल्लले बताए । घरमा अन्य परिवार सकुशल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगन्नाथ मरासिनीले बताए । गएरातिको हावाहुरीले पाणिनि गाउँपालिका–६, धातिबाङमा १७ घर गोठका छाना उडाएको छ । वडाभरिमा ११ वटा घर र ६ वटा गोठका छानो हुरीले उडाएको वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए ।