एसिया कप निर्धारित समयमै हुने निश्चित, खेल पाकिस्तान र श्रीलंकामा हुने 

काठमाडौँ - भारत र पाकिस्तानको विवादका कारण अन्योलमा परेको एसिया कप निर्धारित समयमै हुने लगभग निश्चित भएको छ । यद्यपि पाकिस्तानले पहिले प्रस्ताव गरेको तटस्थ स्थान युएइमा भने खेल हुने छैन । यसको सट्टा श्रीलंकालाई तटस्थ स्थानको रुपमा छानिएको छ ।

एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले प्रस्ताव गरेको हाइब्रिड मोडेललाई एसियाली क्रिकेट काउन्सिल एसीसीले अनुमोदन गर्ने सम्भावना उच्च भएको इएसपीएन क्रिकइन्फोले जनाएको छ । यो मोडलअनुसार पाकिस्तानमा प्रतियोगिताका १३ खेलहरूमध्ये चार वा पाँच खेलहरु हुन सक्छन् । यीमध्ये नेपालले एउटा मात्र खेल पाकिस्तानमा खेल्नेछ । यो खेल नेपालले पाकिस्तानविरुद्ध खेल्नेछ ।