राष्ट्रपति पौडेलसँग सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाको भेट

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान १० बजे भएको भेटमा संसदको जारी अवरोधबारे छलफल भएको छ । भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुलाउन सभामुख र अध्यक्षबाट भएका छलफल प्रयासबारे समेत जानकारी लिएका थिए ।

भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेको सभामुखको सचिवालयले जनाएको छ । सदन अवरोधप्रति चासो राख्दै राष्ट्रपति पौडेलले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।