१७ वर्षअघिको गौर हत्याकाण्ड : सरकारमै रहेर प्रतिवाद गर्ने जसपाको तयारी

 काठमाडौँ - सरकारले १७ वर्षअघि रौतहटको गौरमा भएको हत्याकाण्डको छानबिन गर्ने तयारी गरेपछि सत्तारुढ जनता समाजवादी पार्टी जसपा सशंकित बनेको छ । सरकारले उक्त घटनाको छानबिन गर्ने भन्दै गौर हत्याकाण्ड पीडित संघर्ष समितिसँग बुधबार पाँच बुँदे सहमति पछि जसपा सशंकित बनेको हो ।

२०६३ चैत ७ गते उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौर नगरपालिका–५ स्थित राइस मिल्सको चौरमा आमसभा गर्ने क्रममा भएको  द्विपक्षीय झडपमा माओवादीका २७ जना नेता कार्यकर्ताहरुकोनिधन भएको थियो ।

तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्व गरेका उपेन्द्र यादव हाल जसपाको अध्यक्ष बनेका छन् । उनकै नेतृत्वको फोरमले गरेको उक्त  हत्याकाण्डको छानबिन गर्ने तयारी थालेपछि जसपा आफ्नै समर्थनमा बनेको सरकारसँग बिच्किएको छ ।

सरकारको निर्णयपछि जसपाले सत्तारुढ दलका शीषै नेताहरुसँग छलफल थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेसका सभापपित शेरबहादुर देउवासँग यस बारेमा जानकारी लिइसकेको छ ।