मन्त्रिपरिषदबाट पारित भएको साइबर सुरक्षा नीतिमा के छ ?

काठमाडौँ - राष्ट्रिय साइबर सुरक्षा नीति २०८० मन्त्रिपरिषद्बाट पारित भएको छ । गत बैशाखमा नै मस्यौदा तयार भएकोमा हालसालै मात्र मन्त्रिपरिषद्ले उक्त नीति पारित गरेको हो ।

सुरक्षित साइबर स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्न, साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण गर्न र साइबर स्पेसलाई सशक्त र सुदृण बनाउन साइबर सुरक्षा क्षेत्रमा अनुसन्धान, जनशक्ति उत्पादन एवम् कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्य यो नीति अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्बाट पारित भएको नीतिमा इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी भ्रामक जानकारी सम्प्रेषण गर्ने कार्यलाई सरकारले नियन्त्रण गर्ने उल्लेख छ । यसका लागि निरन्तर अनुमगनको व्यवस्था हुनेगरि नयाँ राष्ट्रिय साइबर सुरक्षा नीति ल्याईएको सरकारको दाबी छ ।

पारित भएको नीतिमार्फत विश्वयापी साइबर सुरक्षा सूचकांक स्कोर ४४.९९ बाट आगामी पाँच वर्षभित्र ६०, दश वर्षभित्र ७० र १५ वर्षभित्र ८० पुर्‍याउने लक्ष्य राखिएको छ ।