संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

काठमाडौँ - संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज शुक्रबार बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक दिउँसो १ः१ बजेबाट सुरु हुनेछ ।

गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ । सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरोध गर्दै आएको हो ।

एमालेले उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद बैठक अवरुद्ध गर्ने अडान कायमै राखेको छ । जसकारण आज पनि दुवै सदनको बैठक अवरुद्ध हुने देखिएको छ ।