आज नेप्से ५.१६ अंकले बढ्यो

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार ५.१६ अंकले बढेर १८९४.७६ विन्दुमा बन्द भएको छ । यस दिन ३७ लाख ३३ जार ५२४ सेयरको एक अर्ब आठ करोड रुपैयाँमा कारोबार भएको छ ।

१३७ कम्पनीको सेयर मूल्य बढेको छ भने, ८५ कम्पनीको घटेको छ र १२ को स्थिर छ । सबैभन्दा बढी सिटी होटेल लिमिटेडेको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेड रहेको छ । यसको सेयर मूल्य ४.२१ प्रतिशतले घटेको छ ।