आज सेयर बजारमा उछाल : नेप्से परिसूचक ९२.२२ अंकले बढ्यो !

 काठमाडौँ - साताको कारोबारको चौथो दिन बुधबार सेयरमा उछाल आएको छ । बैंकहरुले  ब्याजदर घटाउने निर्णय गरेसँगै सेयर बजारमा उछाल आएको हो ।

मंगलबार नेप्से परिसूचक ९२.२२ अंकले बढेर १९६३.५५ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८.२५ अङ्कले बढेर ३७३.७१ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६७ कम्पनीको ६१ लाख ७ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ९७ करोड ६० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट अग्रिम स्थानमा छ। यसको आज ११ करोड ७१ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै एनआईसी एशिया बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।