सुनसरीको धरानबाट ३ सय १३ किलो गाँजासहित एकजना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका–८ बाट तीन सय १३ किलो गाँजासहित एक जना पक्राउ परेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले धरान उपमहानगरपालिका–१५ बस्ने २८ वर्षे आशीष कार्कीलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीका अनुसार धरान–८ स्थित बुढासुब्बा वर्कसपमा बा १० च ६८३८ नम्बरको गाडी शंकास्पद अवस्थामा देखिएपछि जाँच गरिएको थियो। सो क्रममा गाडीभित्र कालो प्लास्टिकमा राखिएको गाँजासहित कार्कीलाई पक्राउ गरिएको हो।