काठमाण्डौको शङ्खरापुर कात्तिकेको साँखु–नगरकोट सडक खण्डमा स्कुलबस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

काठमाण्डौको शङ्खरापुर नगरपालिका–५ कात्तिकेको साँखु–नगरकोट सडक खण्डमा हिजो बेलुकी स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अरु ४० जना घाइते भएका प्रहरीले जनाएको छ ।

चाबहिलको एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस ब्रेक फेल भइ अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । वनभोज खाएर नगरकोटबाट साँखुतर्फ छुटेको बस साँझ ५ बजेतिर दुर्घटना भएको हो ।