कोरोना अपडेट : १०६ जना संक्रमित थपिँए, ७४ जना संक्रमणमुक्त हुँदा सक्रिय कति ? 

काठमाडौँ - आज नेपालमा १०६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २६ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ४८८ जनाको नमुना परीक्षण गरिएको थियो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३५ पुगेको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ७४ जना संक्रमणमुक्त भएका छन् ।  मंगलबार र बुधबार कोरोनाबाट एकरएक जनाको मृत्यु भए पनि आज भने कसैको पनि मृत्यु भएको छैन ।

हाल २७ जना आइसोलेसनमा रहेका छन् भने १२ जना आईसीयू र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।