लगातार मुद्धाको पेशी स्थगित पछि सन्दीप लामिछानेले गरे त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने निर्णय

मुद्धा फैसलामा लगातार (पेशी स्थगित) ढिलाई भएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले त्रिदेशीय ट्वान्टी–२० शृङ्खला नखेल्ने भएका छन् । बिहीबार राति सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृङ्खलामा आफू सहभागी नहुेने जानकारी गराएका हुन् ।

उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको पनि बताएका छन् ।  "भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय लिएको छु । म जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु," उनले लेखेका छन् ।

घरेलु मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ ।सन्दीपविरुद्धको बलात्कार मुद्दा  लामो समयदेखि अदालतमा विचाराधीन छ ।