आलामको कर्तव्य ज्यानसम्बन्धी मुद्दा : अन्तिम सुनुवाइको पेसी आज

रौतहटमा इँटाभट्टामा जिउँदै  मानिस जलाएको घटनाको आरोपित नेपाली काङ्ग्रेसका नेता एंवम पुर्व मन्त्री मोहम्मद अफताब आलामको मुद्दाको अन्तिम सुनुवाइका लागि  आजको पेसी तोकिएको छ। रौतहट जिल्ला अदालतले बहस नोट प्राप्त भएसँगै आलामसहित ११ जनाविरुद्ध दायर भएको विस्फोटक पदार्थ बमसमेत प्रयोग गरी ज्यान मार्ने उद्योग एवम्  कर्तव्य ज्यानसम्बन्धि मुद्दाको अन्तिम सुनुवाइका  लागि आज पेसी तोकेको हो। 

उक्त मुद्दामा गत २२ कात्तिकमा जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियोे । मंसिर २४ भित्र वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवासायीले बहस नोट बुझाएका थिए ।