३ हजार ३८६ जना निजामती कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

राष्ट्रिय सतर्कता केन्द्रले ३ हजार ३८६ जना निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम उनीहरुले सम्पत्ति विवरण पेश नगरेको आयोगले जनाएको छ । 

यसरी सम्पत्ति विवरण पेश नगर्ने कुल ६ हजार ७०५ जना पदाधिकारी एवं कर्मचारीमध्ये निजामती कर्मचारी ३ हजार ३८६ जना रहेको केन्द्रले आफ्नो प्रतिवेदनमा उल्लेख छ । यस्तै सम्पत्ति विवरण नबुझाउनेमा विद्यालय शिक्षक ८३१, अन्य राजनीतिक नियुक्ति तथा करारतर्फं ८८९ जना रहेका छन् । 

केन्द्रले राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम १० (२) बमोजिम सम्पत्ति विवरण नबुझाउनेहरुका लागि  जरिवानाका तिराउत अख्तियारलाई पत्राचार भएको छ । कानुनअनुसार सम्पत्ति विवरण पेश नगर्नेमाथि ५००० रुपैयाँ जरिवाना हुनेछ ।