सन्दीप र दीपेन्द्रले क्यानडाको ग्लोबल टी-२० खेल्ने

काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने र नेपाली टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले क्यानडामा आयोजना हुने ग्लोबल टी-२० खेल्ने भएका छन् ।

मंगलबार राती भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवार तथा दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेसँगै उनीहरुको ग्लोबल टी-२० निश्चित भएको हो ।

सन्दीपले यसअघि पनि क्यानेडियन लिग खेलेपनि दीपेन्द्र भने पहिलो पटक आवद्ध भएका हुन् ।