अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने कांग्रेसको निर्णय

 काठमाण्डौँ - नेपाली कांग्रेसले अवरुद्ध संसद नियमित गर्न पहल गर्ने निर्णय गरेको छ । तीन दिन बसेको कांग्रेस संसदीय दलको बैठकले अवरुद्ध संसद सुचारु गर्न पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

सत्तारुढ दलहरूसँगै प्रमुख प्रतिपक्ष लगायत अन्य सबै दलसँग छलफल गरेर संसद खोल्न पहल गर्ने निर्णय भएको उनले जानकारी दिए । संसद अवरुद्ध हुँदा जनताको विषयवस्तु उठ्न नसकेको र विचाराधीन विधेयक समेत अघि बढ्न नसकेको उनको भनाइ छ ।  उनले संघीय संसद नै नचल्ने अवस्थाले संसदीय पद्धतिप्रति नै जनताको वितृष्णा हुने जोखिम उत्पन्न भएको बताए ।