१२ लाख मूल्यभन्दा बढीको अवैध काठ बरामद

सशस्त्र प्रहरीले सप्तरीबाट अवैध काठसहित पिकअप गाडी नियन्त्रणमा लिएको छ। भारदहस्थित कोशी ब्यारेकबाट खटिएका सुरक्षा बेस क्याम्प प्रहरी टोलीले शनिबार गाडी नियन्त्रणमा लिएको हो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र २-०१-००१च ०२६० नम्बरको पिकअप गाडीलाई नियन्त्रणमा लिएको सप्तरी जिल्लास्थित सशस्त्र प्रहरी बल, नेपाल नं. ६ गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज विष्टटले जानकारी दिए ।