विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ - आईसीसी एकदिवसीय विश्वकप छनोटको दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार ओमानसँग खेल्दै छ ।

पहिलो अभ्यास खेलमा युएईसँग पराजित नेपाल आज जितसहित मनोबल उठाउने तयारीमा हुनेछ। जिम्बावे भ्रमण अघि नेपालले अभ्यासका लागि दक्षिण अफ्रिका भ्रमण गरेको थियो। जहाँ नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्सलाई नतिजा सुम्पिएको थियो । नेपाली टिम त्यतैबाट हरारे पुगेको हो ।

जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटमा आयोजक जिम्बावे, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, युएई, अमेरिका र वेस्ट इन्डिज गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।