३९ लाख ५० हजार रुपैयाँ बराबरको बिगो भएका बैंकिङ कसुरका तीन प्रतिवादी समातिएका छन् । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका–१० बस्ने ४५ वर्षीया मुना खातुन श्रेष्ठ, भारत घर भइ कपन बस्ने ३८ वर्षीय मोहमद अली र सर्लाही घर भइ ६५ वर्षीय अर्जुन थापा छन् ।
बूढानीलकण्ठबाट पक्राउ गरेकी मुना १६ लाख, ठेचोबाट पक्राउ परेका अली ११ लाख र बत्तिसपुतलीबाट पक्राउ परेका थापाविरुद्ध १२ लाख ५० हजार बिगो बराबरको उजुरी परेको थियो । उनीहरूमाथि बैंकिङ कसुुरको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।