राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुचारु, पीडित पक्षसँग भयो यस्तो सहमति

दाङ - राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ वर्षीय बालकको मृत्युको घटनालाई लिएर बिरामीका आफन्तले ठप्प पारेको सेवा आजदेखि पुन: सञ्चालन भएको छ ।

अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछि सेवा पुन: सञ्चालन गरिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा विकास लामिछानेका अनुसार घोराही–३ का वडाअध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाउने सहमति भएको छ । समितिले घटनाको सत्यतथ्य छानबिन गरी प्रतिवेदन ल्याउने छ ।