आज सेयर बजार १७.१८ अंक घट्यो

आज सेयर बजार १७.१८ अंक घटेको छ । सो अंकको गिरावटसँगै नेप्से परिसूचक २२४० अंकमा कायम भएको छ । अघिल्ला दिनहरुमा उच्च दरले बजार बढेकाले सोमबार लगानीकर्ता नाफा बुक गर्नतिर लागेपछि बजार झरेको हो ।

बजार घट्दा कारोबार रकम भने उच्च छ । अघिल्लो दिन ७ अर्ब ६२ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । कुल ५६ कम्पनीको मूल्य बढ्दा १८४ को घट्यो भने २ को स्थिर रह्यो । लगानी समूह सबैभन्दा धेरै १.७ प्रतिशत बढ्यो भेन विकास बैंक समूह १.८९ प्रतिशत घट्यो ।