कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ - कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएकामा करिब ५१.९१ प्रतिशत मात्र उतीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साँझ नतिजा सार्वजनिक गरेको हो । परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए।