गालेको सुन जम्मा ६० किलो ७१६ ग्राम, ३४ वटा बिस्कुट आकारमा बनाइयो

काठमाडौँ - टक्सार विभागमा गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम रहेको छ । आज पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो । अब सुनको गुणस्तर मापन गरिनेछ । 

“हंगामा मच्चाएको सुन तस्करी काण्डमा हामीले ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको थियो,” विभागका निर्देशक थानेश्वर आचार्यले भने, “आज गालेर सकिएको छ । ६० किलो ७१६ ग्राम तौल आएको छ । ३४ वटा बिस्कुट बनेका छन् ।”

साउनको २ गते राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट ल्याइएको ब्रेक सु मा सुन ल्याइएको सूचना पाएपछि छापा मारेको थियो । त्यसमा करिब क्विन्टल सुन ल्याइएको अनुमान गरिएको थियो । विभागको टोलीले सुरक्षितरुपमा राष्ट्र बैंकको टक्सारमा राखेको थियो ।

सोमबार ब्रेक सु बाट सुन निकालिएको थियो । भने आज सुन गालिएको थियो । राजश्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्र बैंकलगायतका प्रतिनिधि राखेर सुन निकाल्ने र गाल्ने काम गरिएको थियो ।