दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ - आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक–साँस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने लगायतका विषयमा राष्ट्रिय सभाबाट स्वीकृत संकल्प प्रश्तावमा उल्लेखित विषयहरुको कार्यान्वयनको अवस्था सम्बन्धमा छलफल हुनेछ ।