महरा र उनका छोरामाथि छानबिन गर्न निर्देशन दिएकाे छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरामाथि छानबिन गर्न आफूले निर्देशन दिइसकेको बताएका छन् ।

मंगलबार अपरान्ह बालुवाटारमा सम्पादकहरूको टोलीसँग कुराकानी गर्दै प्रचण्डले सुन तस्करी प्रकरणमा नाम जोडिएका महरा बुबा छोरामाथि अनुसन्धान हुने बताएका हुन् ।