आज भारतको ७७औं स्वतन्त्रता दिवस, प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्ने

 काठमाण्डौँ - अगस्त १५ अर्थात् भारतको स्वतन्त्रता दिवस । आज मंगलवार भारतले ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।

स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ । स्वतन्त्रता दिवसको दिन सुरक्षा व्यवस्था समेत कडा पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।