आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

 काठमाडौँ - मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।