अब दुई-तीन दिन मनसुन सक्रिय नहुने

 काठमाडौँ - गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा सोमबारबाट केही कम भएको छ ।
शनिबार र आइतबारको तुलनामा अबको एक-दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर छ । अबको केही दिन मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नै रहने हुनाले मनसुनी वर्षा कम हुने पूर्वानुमान गरिएको मौसमविद्ले बताए ।