प्रधानमन्त्रिको सचिवालयका १३ जना कर्मचारी कटाैती

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयबाट १३ जनालाई हटाएका छन्। उनीहरूलाई माघ १ गतेदेखि लागू हुने गरी हटाइएको प्रधानमन्त्रीको सचिवालय जानकारी दिएको छ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद् कार्यालयमा रहेका कर्मचारी कटौती गर्नेसँगै आफ्नो सचिवालय पनि सानो आकारको बनाउने बताएका थिए। त्यसअनुसार सचिवालयका १३ जना कर्मचारी कटौतीमा परेका हुन्।

प्रधानमन्त्रीको सचिवालयमा ५२ जनाको दरबन्दी रहेको छ। जसमध्ये प्रधानमन्त्रीले ३५ जनालाई सचिवालयमा नियुक्ति दिएका थिए। उनीहरूमध्ये २० जनालाई हटाउने तयारी रहेको सचिवालयले जानकारी दिएको छ।

419236809_380926634588243_1389449300172571315_n-1705393429.jpg