आजको शेयर बजार : नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम एक अर्ब तल 

काठमाण्डौँ - साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । नेप्से २.८० अंकले घटेर एक १९३१.६८ विन्दुमा कायम भएको छ । आज कारोबार भएका कुल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्यमा वृद्धि हुँदा नौ उपसमूहको सेयर मूल्य घटेको छ । 

कारोबार भएका ७० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा एक सय ३९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । कुल ३० लाख ५६ हजार सात सय ७५ कित्ता सेयर रु। ९७ करोड ४५ लाख ९९ हजार ६१ मूल्यमा खरिद–बिक्री भएका छन् । 

कारोबार रकमका आधारमा आज सोल्टी होटेल शीर्ष स्थानमा रह्यो। सो कम्पनीको तीन करोड ८९ लाख चार हजार चार सय नौ रुपैयाँबराबरको सेयर खरिद–बिक्री भए ।