प्रभु इन्स्योरेन्सले बढायो नाफा, गतवर्ष कमायो २४ करोड १५ लाख

 काठमाडौँ - प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा २४ करोड १५ लाख रुपियाँ नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले १८ करोड ६१ लाख रुपियाँ नाफा आर्जन गरेको थियो ।

गएको आर्थिक वर्षमा ६३ करोड ८१ लाख रुपियाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले अघिल्लो आर्थिक वर्षमा ४७ करोड ८८ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३७ करोड रुपियाँ रहेको छ भने जगेडा कोषमा २२ करोड ६४ लाख रुपियाँ रहेको छ । प्रति शेयर आम्दानी १८ रुपियाँ रहेको कम्पनीद्वारा प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।