कांग्रेस सांसद चन्द्र भण्डारी अस्पताल भर्ना

 काठमाडौँ - नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् । आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् ।

गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए ।

आफू बुधबार अस्पताल भर्ना भएको उनले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।