नेप्सेमा सुचिकृत मध्ये सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी युनिलिभर नेपालद्वारा १५८० प्रतिशत लाभांश घोषणा

युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २६ गते भर्चुअल माध्यमबाट सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०  बाट वितरण गर्ने लाभांश घोषणा गरेको हो । जस अनुसार कम्पनीले १५८० प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १५८० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई लाभांश वितरण हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ गतेदेखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र  लाभांश पाउन सक्ने छन् । कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ । 

नेप्सेमा सुचिकृत कम्पनीहरुको मध्ये युनिलिभर नेपाल सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी हो । हाल कम्पनीको शेयर मूल्य प्रति कित्ता ३५ हजार २ सय १० रुपैयाँ रहेको छ  ।