आजपनि नेप्से २३.१६ अंकले घट्यो, सबै उपसमूह राताम्य

यो साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २३ अंकले घटेको छ । सोमबार नेप्से २३.१६ अंकले घटेर १८५१.४३ को विन्दुमा पुगेको छ । २८४ घितोपत्रको ४८ लाख ३७ लाख ८९३ कित्ता सेयर एक अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँमा किनबेच भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले घटेर ३५५.७४ को विन्दुमा झरेको छ । 

सबै उपसमूहको समूहगत सूचकमा राताम्य देखिएको छ । १३ वटा उपसमूहको समूहगत सूचक पनि घटेको छ । होटेल तथा पर्यटन उपसमूहको समूहगत सूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ ।