जाजरकोट भूकम्पपीडितलाई चिनियाँ कम्युनिस्ट पार्टीले २ करोड ७४ लाख ७५ हजारबराबरको सहयोग

जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई चिनियाँ कम्युनिस्टले अतिरिक्त सहयोग गरेको छ । यस अघिपनि चिन सरकारले सहायता सहयोग गरेको थियोे । चिनियाँ पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपालका राजनीतिक दललाई बुधबार दुई करोड ७४ लाख पचहत्तर हजारबराबरको राहत सामाग्री उपलब्ध गराएको हो।

काठमाडौस्थित  चिनियाँ दूतावासका नियोग उप प्रमुख वाङ सिनले सामाग्री नेपाली काङ्ग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका डाक्टर राजन भट्टराई, नेकपा मओवादी केन्द्रका नेता र एकीकृत समाजवादीका नेताको उपस्थितमा संयुक्त रूपमा हस्तान्तरण गरेका हुन्