नक्कली ब्राण्डेड रक्सी बनाएर बेच्ने ९ जना काठमाण्डाैबाट पक्राउ

नक्कली ब्राण्डेड रक्सी बनाएर बेच्ने ९ जना काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट पक्राउ परेका छन् । मनोहराका भरत थापाको २ तले घर भाडामा लिएर नक्कली जाँड–रक्सी बनाउने गरेको फेला परेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । नक्कली जाँड–रक्सी बनाएर बेच्ने गरेकाे आराेपमा रामेछापका २८ वर्षीय मनाेज खत्री, ३६ वर्षीय विनाेदकुमार कार्की, २० वर्षीय मनिष खत्री, २३ वर्षीय महेश खत्री. सिन्धुपाल्चाेकका २७ वर्षीय माेहन खड्का, र १८ वर्षका युवक, सिन्धुलीका २८ वर्षीय गाैरव तामाङ, ४० वर्षीय लेकविक्रम थापा वर्ष २८ का मनोज खत्री र काठमाण्डाैका ३६ वर्षीय सुमन नगरकाेटी पक्राउ परेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता मिलन केसीले जानकारी दिए ।

स्वदेशी तथा विदेशी 'ब्रान्ड' का गुणस्तरहीन नक्कली जाँड–रक्सी उत्पादन गरी कालोबजारी भइरहेको सूचनाका आधारमा खाेजी गरिएको र विभिन्न रक्सीका खाली बोतल, आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरसहित अरू सामग्री बरामद भएको कार्यालयका प्रवक्ता केसीले बताए ।