'सबै खालका भ्रष्टाचारको छनबिन हुनुपर्छ' : मुख्यमन्त्री जम्कट्टेल

रामेछाप - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् । रामेछापको मन्थलीमा रहेको मन्थली माविको नवनिर्मित तीनवटा भवनको उद्घाटन गर्ने क्रममा उनले उक्त छानबिनका लागि कुनै पनि दल बाधक बन्न नहुने बताए ।

मुख्यमन्त्री जम्कट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानूनी दायरामा आउने बताए । उनले वर्तमान शिक्षा प्रणालीको पाठ्यक्रमलाई परिमार्जन गरी व्यावसायिक र व्यावहारिक शिक्षा बनाउनुपर्ने बताए ।