सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो दिन सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ रहेकोमा बिहीबार घटेर १ लाख १० हजार ४ सय रुपैयाँमा झरेको हो ।

त्यस्तै, १ लाख १० हजार ६ सय ५० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज घटेर १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 
यता, चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ७० रुपैयाँमा कारोबार हुनेछ ।