एमालेद्धारा प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठक बहिष्कार 

काठमाडौँ - नेकपा एमालेले प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठक बहिष्कार गरेको छ । समितिको सभापति चयनको प्रक्रिया अघि नवढेको भन्दै एमालेका सांसदहरुले बिहीबार समितिको बैठक बरिष्कार गरेका हुन् ।

यसअघिको बैठकमा एमालेका सांसदहरुले सभापति चयन नभएसम्म बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए। एमालेका सांसदहरुले बैठक बहिष्कार गरेपछि कोरम नपुगेर बैठक स्थगित भएको छ ।

बैठक स्थगीत भएपछि समितिको अध्यक्षता गर्दै आएका ज्येष्ठ सदस्य कांग्रेस सांसद अर्जुननरसिंह केसीले बिभिन्न कारण देखाई समितिहरुलाई बन्धक बनाउने कुरा लोकतन्त्रको मूल्यमान्यता बिपरित भएको बताए ।