सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको मृत्यु

 सोलुखुम्बु - सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा एक सुत्केरीको मृत्यु भएको छ । माप्यदुधकोशी गाउँपालिका( ३ खास्तापकी ३१ वर्षीया रुष्मा राईको मृत्यु भएको अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन् ।

उनका अनुसार बुधबार बेलुका ६ बजेर ४५ मिनेटमा सफल अप्रेसनमार्फत छोरीलाई जन्म दिएकी राईको राती करिब २ बजे मृत्यु भएको हो । अप्रेसनमा संलग्न चिकित्सक डा।सुरेन्द्र शाक्यका अनुसार सुत्केरी राईमा एम्नोटिक फ्लुइड इम्बोग्लिजमका कारण फोक्सोमा समस्या आएर ज्यान गएको हो ।  आमाको पेटभित्रै दिशा सेवन गरेका कारण आकस्मिक अप्रेसनमार्फत निकालिएको शिशुको पनि छातीमा समस्या देखिएको डा। शाक्यले बताए ।

जिल्ला अस्पताल फाप्लुमा अप्रेसनपछि सुत्केरीको ज्यान गएको यो पहिलो घटना भएको अस्पताल प्रशासनले जनाएको छ । मृतकको शव आज बिहान परिवारले बुझेका छन् भने शिशुको अस्पतालमै उपचार भइरहेको जनाइएको छ ।