कञ्चनपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु, स्थानीयद्वारा पूर्वपश्चिम राजमार्ग बन्द

 कञ्चनपुर - कञ्चनपुरमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१० सुकासालमा करेन्ट लागेर स्थानीय ३५ वर्षीय दिनेश ओडको मृत्यु भएको हो ।

सडकमा लतारिएको तारबाट उनलाई करेन्ट लागेको हो । दिनेशको मृत्युपछि स्थानीयले प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग नै अवरूद्व गरेका छन् ।
विद्युत प्राधिकरणको लापरबाहीले दिनेको ज्यान गएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग गरेका छन् ।