ललितपुरका ठुला मिटरब्याजीहरुले भटाभट मिलापत्र गर्न थाले

काठमाण्डौ - ललितपुर सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइले सहकारीलाई समस्यामा पार्ने विभिन्न व्यक्ति तथा संस्था, सहकारीकै कर्मचारी र ऋणिहरुलाई लगेको नगद फर्काउन देउरालीका अध्यक्षको अनुरोध गरेका छन् । साथै उनीहरु विरुद्ध विशेष छानवीन तथा कार्वाहीको माग गर्दै जिल्ला प्रहरी परिसर जाउलाखेलमा निवेदन समेत दिएका छन् । बचतकर्ताहरुको बचत फिर्ता गर्न आफुले सबै हिसावको प्रयास गरिरहेको उनले बताएका छन् । उनले एक प्रेश विज्ञप्ती जारी गर्दै मिटरब्याजी, ठुला ऋणिहरुलाई देउराली र अध्यक्षसँग लगेको रकम फर्काउन आवहन गरेका छन् । 
०८० साल साउन १२ गते नेपाल सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) मा १५ जना मिटरब्याजी विरुद्ध चौलगाइले मुद्धा दर्ता गरेका थिए । उक्त १५ जनामध्ये जिल्ला प्रशासन कार्यालय ललितपुरले कार्वाही अघि बढाएपछि ३ जना आरोपीले मिलापत्र गरेको चौलागाँइद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । मिलापत्र गर्नेमा पुल्चोकस्थीत पुच्चः सहकारी र स्र्माट मार्केटिङका सञ्चालक रोविन मर्हजन, ललितपुर भैंसीपाटीस्थीत राजु मर्हजन र काठमाण्डौ कालीमाटीका शुरेस जोशी रहेका छन् ।

 उनीहरुसँग मिलापत्र गरी जिप्रकाले मिटरब्याज आयोग जनकपुर र गृहमन्त्रालय पठाएको बताइएको छ । चौलागाइँले मुद्धा हालेका बाँकी १२ जना मिटरब्याजीहरुमा ललितपुर सुनाकोठीका कर्म कन्ट्रक्सनका सञ्चालक रवि मर्हजन (जसले ४० करोड नगद र फर्चुनर गाडी फिर्ता नगरेको आरोप छ), सिताराम राउत  (जसले ४० करोड नगद लिएको आरोप ), सुमन मर्हजनले ३० करोड, लायन्स क्लबका मोहन घिमिरेले रु ६ करोड र टोयटाको हाइ लग्जरी गाडी फिर्ता नगरेको, विवेक केसी, आषिस प्रधान, कमला खत्री, रञ्जीता केसी, हितेश केसी लगायतको समुहले ४० करोड नगद र २ वटा टोयटा भिएक्स गाडी र एक मिक्सुविसि गाडी लिइ फिर्ता नगरी उल्टै चौलागाइ विरुद्ध बैकिङ कसुर मुद्धा हालेको, रुविन मर्हजनले मिटरब्याजमा १५ करोड खाइ अदालतबाट स्टे अर्डर लिइ बसेको चौलागाइको आरोप छ । त्यसैगरी देवेन्द्र आचार्य, शैलेन्द्र शर्मा, विक्रम बानियाँ, न्युरोड स्थीत देविवास सहकारीका बासु श्रेष्ठ, टिपटप मिठाइ पसल किर्तपुर पाँगाबसपार्क स्थीत ज्वालादेवि सहकारीका सञ्चालकले रु ४० करोड नगद र ५ रोपनी जग्गा खाएको चौलागाइले बताएका छन् । मोहन घिमिरे, विशाल नारायण भारी, सञ्जय अधिकारी, भावना भारी र लायन्स क्लवका मेम्बर रमेण्ड सुटका सञ्चालक, न्युरोडको मख्खनमा चाइनिज सामानको ब्यापारी मिलि रु ३० करोड नगद र टोयटाको हाइलक्स गाडी र ४.५ जग्गा खाएको उनले बताएका छन् । उक्त मिटरब्याजीहरु अहिले विभिन्न निकाय र राजनीतिक संरक्षणमा गइ हार गुहार गरिरहेको चौलागाइले बताए । 

आफना सहकारीका सञ्चालक र ऋणिहरु पटकपटक र नोटिस गर्दा नआएपछि जिप्रका ललितपुर र केन्द्रिय अनुसन्धान ब्युरोमार्फत उपस्थीति गराउने चौलागाइले बताए । देउरालीले अटेर गर्ने कर्मचारी र ऋणीहरुलाई आफै उपस्थीत भएर अनुसन्धानमा सघाउन अध्यक्ष चौलगाइले विज्ञप्ती मार्फत अनुरोध गरेका छन् ।