महिला विश्व कप फुटबलको उपाधिका लागि आइतवार इङ्ल्यान्ड र स्पेन खेल्ने

काठमाण्डौँ - फिफा महिला विश्व कप फुटबलको उपाधिका लागि इङ्ल्यान्ड र स्पेन खेल्ने भएका छन् । हिजो भएको खेलमा आयोजक अस्ट्रेलियालाई ३–१ गोलले हराउँदै इङ्ल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो ।

त्यस्तै, स्पेन पनि अस्ति मङ्गलवार भएको पहिलो सेमिफाइनलमा स्वीडेनलाई हराउँदै पहिलो पटक फाइनलमा पुगेको हो । यो महिला विश्वकपमा नयाँ टोली च्याम्पियन बन्ने भएको छ । फाइनल खेल आइतवार हुनेछ । अस्ट्रेलियाले तेस्रो स्थानका लागि शनिवार स्वीडेनसँग खेल्नेछ ।

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्व कपमा ३२ टोली सहभागी थिए ।