२७.७५ अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार

साताको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक करिब २८ अंकले बढेको छ । नेप्से २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा पुगेको हो । यस दिन एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सेन्सेटिभ इन्डेक्स पनि ४.४० अंकले बढेर ३८१.०७ विन्दुमा पुगेको छ । १३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । तीन उपसमूहको समूहगत सूचक घटेको छ । ११ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । १६ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

सबैभन्दा बढी गुमाउनेमा हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.७७ प्रतिशतले घटेको छ । समग्रमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ । ५२ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर छ ।