नेकपा (एकीकृत समाजवादी) ले मङ्गलबार (आज) नेताहरूको जिम्मेवारी तोक्ने भएको छ। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे पनि निर्णय सार्वजनिक गरिनेछ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा मंसिर २६ गतेदेखि जारी बैठकले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरिसकेको छ। प्रवत्ता खतिवडाका अनुसार राष्ट्रिय एजेण्डाहरूमा सहकार्यको सम्भावना सधैँ जीवित रहेपनि पार्टी एकताको सम्भावना नभएको निष्कर्ष नेकपा एसको छ।