बागमती प्रदेश सभा सचिवालयमा नयाँ विधेयक दर्ता

हेटौंडा - बागमती प्रदेश सभा सचिवालयमा आज एउटा विधेयक दर्ता भएको छ । प्रदेश सरकारले आज प्रदेशस्तरको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको विधेयक २०८० दर्ता गरेको सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिएका छन् ।